९ मंसिर २०८१, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको कार्यालयमा तालाबन्दि

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०८०, मंगलवार ०६:२५

नेपालगञ्ज: राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको कार्यालयमा तालाबन्दि गरिएको छ ।राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको पार्टि कार्यालयमा बैठक बसिरहेका बेला पार्टिका सहायक महामन्त्रि तथा जिल्ला अधयक्ष नरेन्द्र पौडेलले अभद्र ब्यबहार गरेपछि तालाबन्दि गरिएको जनाईएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेका अध्यक्ष सरीता शाहिले अध्यक्षले महिलाहरुको बैठकमा आएर दमनको शैलि अपनाउदै अन्यत्र गएर बैठक बस भन्दै अपमान गरेको आरोप लगाएकी छिन ।

त्यसैगरि जिल्ला उपाध्यक्ष राधा महतराले पार्टिका जिम्मेवार ब्यक्ति ऋषिराज देवकोटाले समेत महिलाहरुलाई अपमानको ब्यबहार गरेका कारण पार्टि कार्यालयमा तालाबन्दि गरिएको जनाएकी छिन । देवकोटाले तिमीहरु पार्टि छाडिसकेको मान्छे हौ भन्दै बिभिन्न लाञ्छना लगाउदै महिलाहरुलाई अभद्र ब्यबहार गरेका थिए ।

आफुहरु अपमानित भएपछि न्यायका लागि महिलाहरु पत्रकार सम्मेलन समेत गर्ने र केन्द्र सम्मको ढोका ढकढकाउने जनाएका छन ।
महिलाहरुको नियमित बैठकमा के कति कारणले हस्तक्षप गरेको हो सो बारे भने पार्टि पंतिले कुनै प्रतिक्रिया दिएको छैन । महिला संगठनको बैठक बसिरहेका बेला पार्टिको समेत आकस्मिक बैठक बसेको थियो ।

जिल्ला पार्टिले जनवर्गिय संगठनहलाई कमजोर पार्न खेलेको भुमिकाप्रति युवा नेताहरुले समेत आपत्ति जनाएका छन । सबैलाई मिलाएर लैजान आव्हान गर्दै युवा नेता अर्जुन जंग शाहले पार्टिपंतिसंग अनुरोध गरेका छन ।

 

Nabintech