२२ कार्तिक २०८१, बिहीबार
१६ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा कोहलपुरमा रक्तदान

७६ प्वाईन्ट रगत संकलन


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०८०, शुक्रबार १४:११

कोहलपुर,बाँके:पुस्तौं पुस्ताका लागि पुस्तकालय भन्ने नाराका साथ १६ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर र रुकमेली सेवा समाज बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बाँकेको कोहलपुरमा कर्णाली, सुदुर पश्चिम र लुम्विनी प्रदेशका २१ भन्दा बढि जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने र अति संबेदनशिल विरामीहरुको जिवन रक्षाकालागि आवश्यक पर्ने रगतको अभाव नहोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरि ७६ प्वाईन्ट रगत संकलन गरिएको रुकमेली सेवा समाज बाँकेका सचिव चिन्ताराम शर्माले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम लुम्विनी प्रदेश सभा सांसद सञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  थियो ।

 

कार्यक्रममा रुकमेली सेवा समाज बाँकेका अध्यक्ष बासुदेव गौतम, प्रताप देवकोटा, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराई, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल लगाएतको उपस्थिती रहेको थियो भने बिभिन्न क्षेत्रबाट सहभागिता जनाउदै रक्तदान समेत भएको थियो ।

 

 

ैं

Nabintech