कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको बेटर लाईफ ईन्स्टिच्युटले आफनो शैक्षिक संस्थामा अध्यन गर्ने बिद्यार्थीहरुबाट केहिलाई छात्रबृत्ति दिने उद्धेश्यले कम्प्युटर साक्षरता र छात्रवृद्धि अभियान अन्तरगत प्रबेश परीक्षा शनिवार कोहलपुरमा सम्पन्न गरेको छ ।
संस्कार सहितको सीप र शिक्षा, आजको आबस्यकता भन्ने मुल नाराका साथ दक्ष सिपसहितका जनशक्ति उत्पादन गर्दै आएको ईन्स्टिच्युटले जेहन्दार, गरिव तथा उत्कृष्ट परीक्षार्थीहरुलाई छात्रबृत्ती दिनेगरि प्रबेश परीक्षा लिएको जनाएको छ । आज शनिवार लिईएको परीक्षाको नतिजा भाद्र २८ गते सार्वजनिक गरिने बेटर लाईफ ईन्स्टिच्युटका सञ्चालक सुवास सिंह ठकुरीले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन ।
ईन्स्टिच्युटले गरिव तथा जेहन्दार, दलित, जनजाती, पिछडीएको क्षेत्र र महिलाहरुलाई प्रमाणका आधारमा शत प्रतिशत छात्रबृत्ती प्रदान गर्नेछ भने प्रबेश परीक्षामा उत्कृष्ट २ जनालाई र ९० भन्दा माथि अंक प्राप्त गर्ने सम्पुर्ण बिद्यार्थीहरुलाई शत प्रतिशत छात्रबृत्ती प्रदान गर्नेछ ।यसैगरि प्रबेश परिक्षामा ल्याएको प्रतिशतका आधारमा पनि तोकिएको छात्रबृत्ती प्रदान गरिने सञ्चालक ठकुरीले जनाए ।
ईन्स्टिच्युटले कोहलपुरमा रहेर ब्रिज कोर्ष, बिभिन्न बिषयको टिउसन, बेसिक तथा डिप्लोमा कम्प्युटर कोर्ष, अंग्रेजी तथा कोरीयन भाषाका कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । यसका अलावा ईन्स्टिच्युटले बाँके जिल्लाका बिभिन्न सरकारी बिद्यालयहरुमा गएर हरेक शुक्रवार अतिरीक्त क्रियाकलापहरु समेत सञ्चालन गर्ने गरेको छ । हाल सम्म ईन्स्टिच्युटले बिभिन्न ९ बिद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सम्पन्न गरि सकेको छ ।