९ मंसिर २०८१, आईतवार
अनेमसंघ “क्रान्तिकारी” कोहलपुर अध्यक्षमा खड्का

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०८०, शनिबार १९:०५

कोहलपुर,बाँके: अखिल नेपाल महिला संघ ‘क्रान्तिकारी’ कोहलपुरको अध्यक्षमा तिला खड्का तिर्सना चयन भएकी छन । शनिबार कोहलपुरको सहिद स्मृति प्रतिष्ठानमा सम्पन्न भएको संघको दोस्रो नगर सम्मेलनबाट खड्काको नेतृत्वमा ३६ सदस्यीय कमिटि सर्व सम्मत चयन गरीएको हो ।

संघको उपाध्यक्षमा प्रेमानाथ योगी, कोपिला शर्मा र कल्पना विसी चयन भएका छन भने सचिवमा जुना विक, सह सचिवमा गिता रोकाया, नन्दा राना र विष्णु शर्मा तथा कोषाध्यक्षमा आरती हरिजन चयन भएकी छन ।

त्यसैगरी सदस्यहरूमा बसन्ति तिरूवा, मिनाकली परीयार, अस्मिता कामी, मुनिदेवि डाँगी, पदम कुमारी सिंह, तुलसा थापा, मधु देवकोटा, शिव कुमारी पराजुली, गिता भुषाल, एलिना थारू, मिना सुनार, भिम कुमारी राना मगर, गिता चौधरी, विष्णुमाया रोका, आशा शर्मा, सारदा बुढा, लक्ष्मी रावत, देबी लामिछाने, सिमा चौधरी, गिता बिक, लिला गौतम, सपना परियार, माया राना, शान्ता केसी, पद्मा मल्ल, सृजना शाहि र मिना चलाउने रहेका छन ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिबार नै सपथग्रहण गरेका छन । अखिल नेपाल महिला संघ ‘क्रान्तिकारी’ लुम्बिनी प्रदेश ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष पार्वती पुन ‘उषा’ले नवनिर्वाचित टिमलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन ।

Nabintech