कोहलपुर,बाँके: नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा राधा गौतम सर्वसम्मत चुनिएकी छिन । मंगलबार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द शत्रले उनलाई उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा गौतम छनौट गरेको हो ।
मञ्चको बरिष्ठ उपाध्यक्षमा मेघराज अधिकारी, उपाध्यक्षमा ढक बहादुर थारु, महा सचिवमा लक्ष्य बहादुर विक, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा योगेश पौडेल र सह कोषाध्यक्षमा मेघराज सुनार सर्वसम्मत चयन भएको मञ्चका देबेन्द्र पौडेलले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन ।
यस्तै अन्य सदस्यहरुमा मोहन आचार्य, इमरान, शान्ति पुन मगर, प्रेम गौतम, श्रीधर गौतम, शुसिला धिमिरे र दिल कुमारी चौधरी सर्वसम्मत चयन भएका छन ।
मञ्चले बाँके जिल्लामा रहेर घरबहालहरुको हक हितका निम्ति काम गर्दै आएको छ खुल्ला शत्रमा मञ्चका निवर्तमान अध्यक्ष तिलक सिंह कार्किले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रम कोहलपुर स्थित निम कटेजमा बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।