९ मंसिर २०८१, आईतवार
प्याब्सन सम्बद्ध विद्यालयहरुमा कौशिल्या अस्पतालको निशुल्क आँखा शिविर

  • टाइम्स संवाददाता

  • १० आश्विन २०८०, बुधबार १७:१८

कोहलपुर,बाँके: कोहलपुरको मुटुमा रहेको कौशिल्या अस्पताल प्रा.लि.ले विश्व पर्यटन दिवसका अवसरमा नगर भित्र रहेका प्याब्सन सम्बद्ध बिद्यालयहरुमा आँखा शिविर अभियानको शुभारम्भ गरेको छ । हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने मुल मन्त्रका साथ अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुमा हुन सक्ने आँखाको समस्या पहिचानका लागि आँखा शिविरको आयोजना गरिएको अस्पतालका प्रशासन प्रमुख शंकर प्रसाद न्यौपानेले कोहलपुर टाईम्सलाई वताए ।

समय समयमा सामाजिक सेवा भावका साथ निशुल्क स्वास्थ्य शिविर राखेर विरामीहरुको सेवा दिंदै आएको कौशिल्या अस्पताल प्रा.लि.ले बाँके प्याव्सनको समन्वयमा नगर भित्र रहेका विद्यालयहरुमा आँखा शिविर राखेर जटिल आँखा रोगिको पहिचान गर्ने र उपचारमा सहयोग पुरयाउने लक्ष लिएको अस्पताल स्रोतले जनाएको छ ।

आज पहिलो दिन बागेश्वरी एकेडेमीमा शिविर सम्पन्न भएको छ । प्याब्सन बाँके अध्यक्ष यम रावतको आतिथ्यतामा आयोजित उक्त आँखा शिविरमा विद्यालयमा अध्यनरत एक सय एकतिस जनाले आफनो आँखाको चेक गराएका छन । जटिल खाले आँखाको समस्या नदेखिपनि विद्याथीहरुलाई आँखा सुरक्षाबारे सचेतना प्रदान गरिएको अस्पतालका निर्देशक राम प्रसाद न्यौपानेले बताए । उनले भोलि ११ बजे ग्रिन पिस माविमा आँखा शिविर सञ्चालन गरिने समेत जानकारी गराएका छन ।एक्युपञ्चरका लागि कोहलपुरमै सर्वाधिक नाम कमाएको यस अस्पतालको अर्को शाखा बाँसगढि बर्दियामा रहेको छ भने अस्पतालमा सेवा लिन पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका नशा,बाथ तथा प्यारेलाईसिसका विरामीहरु आउने गरेका छन । एक्युपञ्चर विधिबाट ुसर्वशुलभ फिमा नशा,बाथ तथा प्यारेलाईसिसका रोगको निदान हुने गरेपछि पछिल्लो समय कौशिल्या अस्पताल नै सर्वसाधारणको रोजाईमा पर्ने गरेको छ।

Nabintech