११ मंसिर २०८१, मंगलवार
नरैनापुर र खजुरा गाउँपालिकामा आज सार्वजनिक बिदा

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०८०, बिहीबार ०७:२५

कोहलपुर,बाँके:नरैनापुर र खजुरा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा नरैनापुर र खजुरा गाउँपालिकाले विहीबार आज सार्वजनिक बिदा दिएका हुन् ।

इस्लामिक महिना रविउलऔवलको १२ तारिखको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको दिनको सम्झनामा मनाइने ‘मोहम्मद डे’ को अवसरमा आज सार्वजनिक विदा दिइएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेको मानिन्छ ।

समाजमा रहेका रुढीवादी सोँच, परम्परा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदाको दिएको अध्यक्ष शाहले बताए ।
यस्तै, खजुरा गाउँपालिकाले पनि ‘मोहम्मद डे’ को अवसरमा पालिका भित्र सार्वजानिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक (तुफान) ले जानकारी दिए । यसैबीच, लुम्बिनी प्रदेश सरकारले विहीबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै आलोचना भएको छ ।

Nabintech