कोहलपुर,बाँके:पछिल्लो समय कोहलपुर क्षेत्रका अस्पतालहरुमा डेंगी, स्क्रब टाइफस र भाइरल ज्वरोका कारण बिरामीहरुको दरमा बृद्धि भईरहेको छ । ज्वरोका विरामीहरुले अस्पतालका बेड भरिएको स्विकार्छन शिक्षण अस्पताल कोहलपुरका ईर्मन्जेन्सि वार्डका डाक्टर देवेन्द्र आचार्य ।
कोहलपुर नगर भित्र रहेको नगर अस्पताल लगाएतका अन्य स्वास्थ्य चौकीहरुमा दैनिक चेकजाँच गर्न आउने बिरामीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको चिकित्सकहरु बताउछन । नगर अस्पतालमा डाक्टर बाहेक बिरामीलाई दिने औषधि जन्य सुबिधा अहिले स्वास्थ्य शाखासंग छैन । नगर अस्पतालका चिकित्सक रवि शर्मा वाग्लेसंग यस बिषयमा कुरा गर्दा उनले भने समस्या छ यस विषयमा हामीले नगरपालिकामा जानकारी दिएका छौ तर उतैबाट समय लगेको हो । हामीसंग तत्काल सामान्य ज्वरोको औषधीसम्म नहुदा बिरामीहरुले हामीसंग झगडा गर्ने हुदा आफुहरुलाई अपमानीत हुनु परेको समेत बताए ।
बिरामी भएर नगर अस्पताल आएको यहाँ डाक्टरले मैले चेक गर्ने हो औषधीको टेन्डर भएको छ समय लाग्छ भन्ने कुरा गरेको एक बिरामीले भने । यस्तै रगत परिक्षणका लागि पनि ल्याबमा त्यस्तै समस्या रहेको छ । ल्याबमा रहेका मेसीनहरुले काम गर्दैनन् भने सिकलसेलका लागि चेक गर्न आउने बिरामीहरु रित्तै हात फर्किने गरेका छन । साधन स्रोतको अभाव हुदा कर्मचारीहरु काम बिहिन भएका छन । ताम झामका साथ गगन थापाले उदघाटन गरेको सिकलसेलका मेसिनहरुले समेत आज सम्म काम पाएका छैनन । एक्सरे मेसिन पनि मस्त निद्रामा छन एक स्वास्थ्यकर्मिले ख्याल ठट्टा गर्दै भने ।
यसै सन्दर्भमा स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीसंग बुझदा औषधीको टेन्डर भएको १०/१५ दिन जति भयो अलि समय लाग्ने कुरा बताए । उनले ल्याबमा रहेका मेसिनको बारेमा सोध्दा उनले यस्तै हो बिस्तारै सबै ठिक हुने कुरा बताएका छन । ठकुरी बिरामी र स्वास्थ्यकर्मीको हकहितका लागि भन्दा पनि प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा धेरै समय बिताउने भएको हुदा उहाँलाई यस्ता समस्याको बारेमा जानकारी नहुने भन्दा पनि उहाँको लापरबाहीका कारण यस्तो समस्याको सिर्जना हुने गरेको केहि स्वास्थ्यकमीहरुले बताएका छन ।
श्रावणको पहिलो हप्तामै टेण्डर आव्हान गरि स्वास्थ्य सामाग्रिहरु परिपुर्ति गर्नुपर्नेमा कमिशनको चक्करमा कोटेशनबाट औषधिजन्य सामाग्रि आपुर्ति गर्दा नगरका सवै स्वास्थ्य संस्थामा सरकारले निशुल्क वितरण गर्ने औषधिहरु समेत पुरयाउन नसकिएको स्रोतले कोहलपुर टाईम्सलाई जनाएको छ । टेण्डर गर्दा लामो र झन्झट प्रक्रिया हुनुका साथै कमिसन समेत नआउने भएकाले कोटेशन नै रोज्ने गरेको स्रोतको दावि रहेको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा समेत नगरपालिकाले देखाएको उदाशिनताले नगर अस्पताल र त्यस मातहतका स्वास्थ्य संस्थामा आउने विरामीहरु प्रताडित बन्दै गएका छन । यस ठेक्का वा टेण्डर प्रक्रियाबारे बुझन खोज्दा स्वास्थ्य शाखा प्रमुखले आफनो मोवाइल फोन उठाएनन ।
बाँके जिल्लाकै सुगममा रहेको कोहलपुर नगरमा रहेको स्वास्थ्य सेवा गुणस्तरीय भएता पनि सरोकारवाला निकायको लापरबाहीका कारण नगर स्वास्थ्यमा सिटामोल र सामान्य ल्याबमा रहेका सामाग्रीहरुले काम नगर्दा दैनिक आउने बिरामीहरुले दुख पाउने गरेका छन ।