२२ कार्तिक २०८१, बिहीबार
नमस्ते नेपाल यातायात व्यावसायिक प्रा लि को पाचौं साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८०, शनिबार ०५:३९

कोहलपुर,बाँके: कोहलपुरमा रहेको नमस्ते नेपाल यातायात व्यावसायिक प्रा लि को पाचौं साधारण सभा सम्पन्न भएको छ। प्रा लि का अध्यक्ष निम बहादुर चलाउनेको अध्यक्षतामा भएको सभाको उद्घघाटन नेपाल राष्ट्रिय यातायात व्यावसायि महासंघका केन्द्रीय सदस्य टंक बिष्टले गरेका थिय।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिस्टले नमस्ते नेपालले यातायात क्षेत्रमा पुरयायको योगदानको चर्चा गरेका थिय।प्रालिका सल्लाहकार इन्द्र पङ्गेनीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बक्ताहरुले यातायात ब्यवसायिले भोग्नु परेको समस्याका बारेमा चर्चा गरेका थिय।

पाचौं साधारण सभामा प्रा लिको तर्फबाट अध्यक्ष निम बहादुर चलाउनेले विभिन्न प्रस्तावहरु छलफलका लागि प्रस्तुत गर्नु भयको थियो। साधारणसभामा सस्थाका संचालक दिनेश श्रेष्ठले सांगठनिक प्रतिबेदन,शशी कुमार पौडेलले कोषको प्रतिबेदन र कोषाअध्यक्ष शिव डाँगीले आर्थिक प्रतिबेदन सभामा पेश गर्नु भयो। पेश गरेका प्रतिबेदन माथी व्यापक छलफल गरि सुझाब सहित साधारणसभाले अनुबोधन गरेको छ। बक्ताहरुले व्यावसायि बाच्ने परिस्थिति निर्माणका लागि सयुत्त यातायात संचालनको अवधारणालाई बिशेष जोड दियका थिय।

Nabintech