९ मंसिर २०८१, आईतवार
कफुर्यका बिच शान्त बन्दै नेपालगञ्ज

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०८०, बुधबार ०९:०१

नेपालगन्ज: बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ ।  हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले अहिले सामान्य बन्दै गए पनि  तत्काल कर्फ्यु  हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकेमा प्रमुख  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गएपछि तत्काल कर्फ्यु  हट्ने अवस्था नभएको  बताए ।

उनले भने  अवस्था सामान्य बन्दै छ ठुलो झडप या समूह अहिले देखिँदैन, तर  कर्फ्यु   हटाउने अवस्था भने छैन । उनले सम्बन्धित पक्षहरू सँग छलफल र वार्ता प्रशासनले गरिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर नेपालगन्जमा तनाव भएको हो । तनाव बढेपछि मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

हिजो दिउँसो कर्फ्युका बीच पनि  दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको  छ ।

Nabintech