५ कार्तिक २०८१, सोमबार
बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुक सहीत एक जना पक्राउ

  • रुपनी जि एम

  • १७ आश्विन २०८०, बुधबार १२:१९

कोहलपुर,बाँके:बाँके राष्ट्रिय निकुुञ्जमा चित्तलको मासु र भरुवा बन्दुक सहीत एकजना पक्राउ परेका छन् । राप्तिसोनारी २ टिकुलीपुरका ४८ वर्षिय टिकाराम जैसी पक्राउ परेका हुन् । उनलाई भदौको २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ति टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुक सहीत पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जनु भुसालले जानकारी दिनुभयो ।सूचना अधिकारी भुसालका अनुसार जैसीलाई निकुञ्ज भित्रको सुखार खोला र खैरी खोलाको फायर लाईनबाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदन बहादुर खत्री भने फरार रहेका छन् ।

पक्राउ परेका जैसीलाई निकुञ्ज भित्रको हिरासतमा राखेर थप अनुसन्धान गरिएको भुसालले बताउनुभयो,‘वन्यजन्तु चोरी शिकारी आरोपमा टिकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ति टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नु पर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौं ।’

सूचना अधिकारी भुसालले फरार रहेका मदन बहादुर खत्रीको खोजी कार्य जारी रहेको बताउनुभयो । ‘वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपाल मै लुकेर बसेपनि अथवा नेपाल बाहीर जहाँ सुकै गएपनि फरार रहेका मदन बहादुरको खोजी कार्य जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौं ।’ उहाँले भन्नुभयो ।

फरार रहेका मदन बहादुर खत्री राप्रपा नेपाल निकट रहेको बुझिएको छ । गत वर्षको स्थानिय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचन लडेका मदन बहादुर खत्रीको नाम पटक पटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिंदै आएको थियो ।

Nabintech