नेपालगञ्ज:नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो । उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ ।
सद्भावको शहरको रुपमा परिचित नेपालगंजको गरिमालाई कायम राख्न प्रशासनले समस्त राजनितीक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई अनुरोध गरेको छ ।