९ मंसिर २०८१, आईतवार
नेपालगञ्जको सुरक्षा ब्यबस्थामा कडाई, असहज परिस्थिती निम्तिन नदिन प्रहरी सर्तकता

नेपालगन्जको विपी चोक र त्रिभुवन चोक क्षेत्रमा शुक्रबार दिउँसो असहज परिस्थिति उत्पन्न हुन थालेपछि प्रहरीद्धारा दुई सेल अश्रु ग्याँस प्रहार


  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८०, शुक्रबार १७:४०

नेपालगन्ज,बाँके: शान्तमय र पहिलेकै लयमा फर्किंदै गरेको नेपालगञ्ज क्षेत्रमा पुनः केहि असहजताको परिस्थिति उत्पन्न भएपछि कडा सुरक्षाको निती अवलम्बन गरिएको छ । असहज परिस्थिती नआवस भन्दै प्रहरीले सुरक्षा सर्तकता समेत बढाएको छ । सामाजिक सञ्जालका बिषयलाई लिएर दुई समुदायबीच बिबाद उत्पन्न भएपछि अप्रिय घटना नहोस भन्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियोे ।

जारी कर्फ्युका बिच जनजीवन सामान्य बन्दै गएको भन्दै बिहीबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म शर्त सहित कर्फ्यु हटाइएको थियो । पाँच जनाभन्दा बढी भेला हुन नपाउने, जुलुस गर्न नपाउने पर्चा पम्पलेट टाँस्न रोक लगाउदै दिनको समयमा निषेधाज्ञा सहित रातको समयमा कर्फ्युलाई यथावत राखिएको थियो ।

स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पारेपनि स्थिती सहज हुन भने सकेको छैन । दुई समुदाय बीच बेला बेलामा सामान्य कुरामै विवाद हुन थालेपछि कडा सुरक्षा सतर्कता बढाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँंकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार नेपालगन्जको विपी चोक र त्रिभुवन चोक क्षेत्रमा शुक्रबार दिउँसो असहज परिस्थिति उत्पन्न हुन थालेपछि प्रहरीले दुई सेल अश्रु ग्याँस प्रहार गरेको थियो । प्रहरीले अश्रु ग्याँस प्रहार गरेपछि भिड तितर बितर भएको थियो भने सो क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको डाँगीले बताए ।

सद्भाव बिथोल्न खोज्ने जो कोहीलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने यहाँका राजनीति दल, जनप्रतिनिधि, नागरिक समाज,धर्मगुरुले स्थानीय प्रशासनलाई आग्रह गरिसकेका छन । नेपालगन्जको सद्भाव बिथोल्न खोज्ने प्रयास अहिले पनि भईरहेको छ । सद्भाव बिथोल्न खोज्ने जुनसुकै ब्यक्ति , समुदाय भएपनि सचेत नागरिकहरुले यस्ताखाले षडयन्त्रबिरुद्ध सचेत रहनुपर्ने र सदभाव कायम राख्न तदारुकता राख्नु बुद्धिमता देखिन्छ ।

Nabintech