९ मंसिर २०८१, आईतवार
नेपालगन्जको धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ जनालाई भारतीय प्रहरीद्धारा पक्राउ

उनीहरुले सामाजिक सद्भावविरुद्ध जथाभावी रुपमा सामाजिक सञ्जालमा लेख्ने गरेका थिए


  • टाइम्स संवाददाता

  • २० आश्विन २०८०, शनिबार १०:४९

नेपालगन्ज : नेपालगन्जको धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै भारतीय नागरिक रहेको बताइएको छ । सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर उनीहरुले सामाजिक सद्भावविरुद्ध जथाभावी रुपमा सामाजिक सञ्जालमा लेख्ने गरेका थिए ।

नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । भारतको रूपैडियास्थित भारतीय प्रहरीले शुक्रबार एक जना, बिहीबार चार जना र बुधबार एक जनालाई पक्राउ गरेको थियो ।

भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराजुद्दीन पुत्र इकराम खाँ, इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैसी पुत्र जमील, रहिस कुरैसी पुत्र इकबाल र आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियान रहेका छन् । भारतीय प्रहरीले उनीहरुलाई सार्वजनिक गरेर कानुनी कारबाही प्रक्रिया अगाडी बढाइसकेको छ ।

Nabintech