कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको जनविश्वास बहुमुखि सहकारी संस्थाले आर्थिक बर्ष ०७९ /८० मा १७ लाख ७६ हजार ६२ रुपैया खुद नाफा गर्न सफल भएको छ ।२१ औं साधारण सभाको उदघाटन शत्रमा पेश गरिएको आर्थिक प्रगति प्रतिबेदनमा सबै खर्च कटाई १७ लाख ७६ हजार ६२ रुपैया बचत भएको उल्लेख गरिएको छ ।साधारणसभाकाे उद्घाटनसत्रमा संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वार्षिक प्रतिवेदन तथा बजेट, नीति तथा कार्यक्रम पेश गरेका थिए ।
५८ जनाको शेयर सदस्यहरुको सक्रियतामा सानो शेयर पुजिबाट आफनो कारोवार शुरु गरेको सहकारीले हाल बिभिन्न सेवा केन्द्रमार्फत आफनो कारोवारमा बृद्धि गरिरहेको छ । २१ औं साधारण सभालाई बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकाल र नगर प्रमुख पुर्ण प्रसाद आचार्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै माननिय सांसद ढकालले बिषम आर्थिक मन्दिका बिच पनि शेयर सदस्यहरुको विश्वास टुटन नदिएर अनवरत आफना कार्यक्रमलाई निरन्तरता दिएको भन्दै संस्थाको प्रसंसा गरे ।उनले संस्था र शेयर सदस्यहरुको आर्थिक उन्नतीका लागि शेयर सदस्यहरुलाई उद्यमशिलतातर्फ उन्मुख बनाउन समेत सुझाए ।
कार्यक्रममा संबिधान सभा सदस्य देवराज भार, नगर प्रमुख पुर्ण प्रसाद आचार्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदी, उद्योग वाणिज्य संघ काेहलपुरका अध्यक्ष लक्ष्मण प्रसाद पाैडेल, संस्थाका प्रमुख सल्लाहकार हाेम प्रकाश सुवेदी,बहुउद्देश्यीय सहकारी संघ बाँके अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारी बिभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी लगाएतका बक्ताहरुले सहकारीका बारे चर्चा गरका थिए ।
सहकारीका अध्यक्ष नरेन्द्र प्रसाद शर्माको अध्यक्षतामा आयोजित उदघाटन शत्रको सहजिकरण जन बिश्वास बहुमुखी सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत माधब पोखरेलले गरेका थिए ।