मेनुका दुवै आँखा देख्दिनन्। उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु। म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु। जो सामान्य मानिस गर्छन्, म सबै गर्छु। मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबै कुरा आफैँ गर्नुपर्छ।’ मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाएर उनलाई समर्थन गरे।
मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन्। यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन्। यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए। मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे।
श्रेयाले भनिन्, ‘तिमी भित्र के छ भन्ने तिमीलाई महसुस छैन। भगवानले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन। इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन। मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ। यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ।’
मेनुकाले तीनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ प्राप्त गरेकी छन्। मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन्। श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन्। मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावुक बनेबी थिइन्। ‘इन्डियन आइडल १४’को मञ्चमा निर्णायकको प्रशंसा पाएको मेनुकाको भिडियो नेपाली सोसल मिडियामा भाइरल भइरहेको छ।