कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई सामुदायिक सेवा केन्द्रको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी एबं कविर अल्टर्नेटिभका प्रोप्राईटर बिष्णु प्रसाद ढकालले न्यानो कम्मल तथा खाद्यान्नहरु सहयोग गरेका छन । सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीको पहलमा असहाय, अशक्त र वेवारिसे अबस्थाबाट उद्धार गरि आश्रम लगिएका ब्यक्तिहरुलाई जाडो छल्ने गरि कम्मल, तत्काल खान फलफुल र अन्य खानाका सामाग्रिहरु वितरण गरिएको हो ।
हरेक बर्ष बडा दशैंको अवसर पारेर विगत ५ बर्षदेखि बिभिन्न क्षेत्रका असहाय र अशक्तहरुलाई करिव २० हजार बरावरको सामाग्रि वितरण गर्दै आएका ढकालले यस पटक आफनै कर्म थलोका असहाय हरुलाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन भने गत बर्ष उनले सुर्खेत पुगि यस्ता सामग्रिहरु वितरण गरेका थिए ।
सामाग्रिहरु ग्रहण गर्दै निल सागर आश्रमकी अञ्जु न्यौपाने निलसागरले ५ बर्षदेखि सेवा भावका साथ कोहलपुर क्षेत्रमा यो आश्रम चलाईरहेको बताउदै निकै अभावमा पनि मानव सेवा भावलाई निरन्तरता दिएको बताएकी छिन । उनले यो चिसोमा पनि असहाय र अशक्तहरुलाई भुईमा कार्पेटको ब्यबस्था गर्न नसकिएको, उनीहरुलाई मनोरञ्जन प्रदान गर्न सामान्य श्रब्य दृष्यका लागि टिभिको ब्यबस्था गर्न समेत नसकेको भन्दै सहयोगका लागि मनकारी दाताहरुसंग सहयोगको अपिल गरेकी छिन ।
आफनो नगर भित्रका नागरिकलाई स्थानिय सरकारले पहल गर्नु दायित्व भएपनि कोहलपुर नगरपालिकाले बार्षिक ५ लाख रकम उपलब्ध गराउने गरेको बताउदै आश्रममा आउने अधिकांश मानसिक रोगी हुने भएकाले उपचारमा हुने खर्च सम्म धान्न गाह्रो हुने गरेको तितो अनुभव ब्यक्त गरिन ।
जो यो आश्रममा सहयोगका लागि आउन चाहनुहुन्छ उहाँहरुलाई पहिले खाद्यान्न नै सहयोग गर्न भन्ने गरेका छौं, २७ जनाको स्याहार सुसारको ब्यबस्थापन गर्दै आएकी न्यौपानेले भनिन । मासिक ३५ हजार भाडा तिर्नुपर्छ ब्यबस्थापनमा निकै कठिनाई छ । यसो भन्दै गर्दा बेसहाराहरुलाई यसै छोडन मिलेन मनकारी दाताहरुबाट जेनतेन चलेका छौं भन्दै निलसागर आश्रमको रेखदेखमा ब्यबस्त न्यौपानेले सहयोगि दाताहरुसंग एकपटक निलसागर आश्रममा आएर यहाँको अवस्था अवलोकन गर्न समेत अनुरोध गरिन ।
भेटघाट तथा सहयोग हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीले आफु आबद्ध रहेको राधा कृष्ण यातायात प्रा.लि.का तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा गरेका छन भने सामुदायिक सेवा केन्द्रकै सचिव रवि रोकायले आश्रममा आउने बालवालिकाहरुका निम्ति अध्यनको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सामाुदायिक सेवा केन्द्रका संस्थापक तथा संरक्षक विष्णु प्रसाद वेल्वासेले मानव सेवाको अभियानलाई निरन्तरता दिने बताउदै आश्रममा रहेका ब्यक्तिहरुलाई उपचारका लागि अस्पताल सम्म लैजान आफनो संस्थाद्धारा सञ्चालित एम्वलेन्स नि शुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उनले निल सागर आश्रममा हुने समस्याहरुलाई दाताहरुसंग पुरयाउन आफुहरुले मिडिया क्याम्पेन समेत गर्ने बताए ।सो अवसरमा सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष ओम जंग शाहि, कोहलपुर टाईम्सका कार्यकारी समपादक प्रमोद रिजाल, रेडियो मिसनकी सिवानि वि.क., आरोग्य मिडियाका विजय परियार लगाएत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सामुदायिक सेवा केन्द्रको टिमले आश्रममा रहेका बिभिन्न प्रक्रितिका ब्यक्तिहरुसंग भलाकुसारि गर्नुका साथै आश्रमको अवलोकन समेत गरेको थियो ।