काठमाडौँ :आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् ।
अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो । यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।