८ माघ २०८१, मंगलवार
सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एकजनाको मृत्यु

कुटपिट गर्ने कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ


  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०८०, बिहीबार ०८:४९

सल्यान:सल्यानको बागचौर नगरपालिका-७ कोटबारामा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेका छन् । उनलाई कार्तिकको ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मापसे सेवन गरेर कुटपिट गरेका थिए ।

केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेको र घनश्यामले ढोग गर्न नमान्दा उनीहरूले कुटपिट गरेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रहरी प्रहरी निरीक्षक नवीन थापा मगरले  जानकारी दिए ।

उनले भने,’उनीहरूले मदिरा सेवन गरेर भोग गर्न लगाएका रहिछन् । घनश्यामले नमान्दा झगडा भएछ । त्यसपछि उनीहरुले कुटपिट गरेछन् । घनश्यामको स्वास्थमा समस्या आएपछि उनका आफन्तले धामीझाँक्रीलाई देखाएछन् । तर, घनश्यामले दुईदिन पछि मात्रै आफन्तलाई कार्तिक ४ गते कुटपिट गरेका थिए भनेर जानकारी दिएका थिए ।
त्यसपछि मात्रै दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा उपचारका लागि पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव हुँदैन नेपालगन्ज लैजान भनेका थिए । तर, घनश्यामका आफन्तले नेपालगन्ज नलिएर भारतको नानपारामा लिएको थियो ।  उपचारको क्रममा मृत्यु भएको हो ।,

कुटपिट गर्ने कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापा मगरले बताए ।

Nabintech