९ मंसिर २०८१, आईतवार
नेपालगन्जमा वास सम्बन्धि व्यवहार परिवर्तनमा हाम्रो सन्चार अभियान

  • सरला सुबेदी

  • २० कार्तिक २०८०, सोमबार १८:४४

 नेपालगन्ज: खानेपानी सरसफाइ तथा स्वच्छता (वास ) सम्बन्धि व्यवहार परिवर्तनमा हाम्रो सन्चार अभियान नेपालगन्जमा आजदेखि सन्चालन भएको छ। एसियाली बिकास बैंकको आर्थिक सहयोग, वाइन टु वाटरको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा करिव दुइसय जनालाई खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि प्रयोगात्मक अभ्यास सहित बिभिन्न पोष्टरहरुको पर्दशनि मार्फत अभियान संचालन गरिएको हो।

पहिलो दिनको कार्यक्रम वाइन टु वाटरकि राष्ट्रिय निर्देशक रोशनी कार्किको अध्यक्षता र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काको बिशिस्ट आतिथ्यता र महिला बिकास शाखा अधिकृत पबित्रा पुरिको उपस्थितिमा अभियान संचालन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि बिष्टले वास सम्बन्धिका यस्ता अभियानले जनस्तरमा चेतनाको स्तरमासुधार टेवा पुर्याउने बताउनुभएको हो। अभियानमा मास्क र साबुन वितरण गर्दै कोभिड १९ र सरसफाई सम्बन्धि बिभिन्न खाले ब्यवहार परिवर्तनका कुरा तथा पानी शुद्धीकरण कसरि गर्ने भन्ने कुराको सहजीकरण वाइन टु वाटरका प्रोग्राम म्यानेजर यज्ञराज जोशि लगायत बर्षा पौडेल दिपाशा कपालि, सरला सुवेदी अन्जना चतुर्वेदिले सहजीकरण गर्नुभएको थियो। अभियान नेपालगन्जको विभिन्न टोलबस्ति र स्कुलहरुमा बिहिवारसम्म गरिने वाइन टु वाटरका प्रोग्राम म्यानेजर जोशिले जानकारी गराउनु भएको छ।

Nabintech