९ मंसिर २०८१, आईतवार
एकै दिन लुटिए कोहलपुरका दुई सहकारी

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०८०, मंगलवार १३:३२

कोहलपुर,बाँके: कोहलपुर नगरपालिका वडा नं. २ मा रहेका रझेना साना किसान सहकारी संस्था लि. र बसन्त बचत ऋण सहकारी संस्था लि.मा चोरी भएको छ । सोमबार राती चोरी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुबै सहकारीमा एकै समूहले चोरी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

रझेना साना किसान सहकारी बाट १ लाख ५० हजार र सिसि टिभी फोरीएको छ भने कम्प्यूटरको हार्ड डिक्स पनि चोरी भएको छ । यस्तै बसन्त बचत ऋण सहकारीबाट ३ लाख ५० हजार चोरी भएको र अन्य रकम पनि चोरी भएको प्रारम्भिक अनुसन्धानमा आएको प्रहरीले जनाएको छ । चाडबाडका समयमा सुरक्षा चुनौती बढी हुने भएता पनि कोहलपुर प्रहरीको सक्रियत सन्तोषजनक नरहेको भन्दै सहकारीका शेयर सदस्यहरुले गुनासो गरेका छन ।

वसन्त बचत सहकारीका अध्यक्ष मुना कठायतले आफनो सहकारीमा चोरहरुले नगद राख्ने ढुकुटि समेत फोरेर नगद लगेका जानकारी गराउदै कार्यालयमा रहेका अन्य वाकसहरुमा समेत क्षेति पुरयाएको बताईन । उनले ढुकुटि फोड्न त्यति सजिलो हुदैन तर पेशेवर चोरले मात्र यस्तो काम गरेको हुन सक्ने भन्दै आज मंगलवार विहान सहकारीका सहयोगिले कार्यालय फोडिएको जानकारी दिए लगत्तै प्रहरीलाई खबर गरेको बताएकी छिन ।

ईलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले घटना स्थलको मुचुल्का उठाउने कार्य भईरहेको उल्लेख गर्दै चोरीमा संलग्नको अनुसन्धान सुक्ष्म रुपले भईरहेको र अपराधि जो सुकै भएपनि उम्कन नपाउने उल्लेख गरेका छन ।

Nabintech