३० कार्तिक २०८१, शुक्रबार
मेलमिलाप सेवाको कार्यक्रम प्रभाबकारी हुदै

  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८०, शनिबार १९:०९

कोहलपुर:पछिल्लो समयमा कोहलपुर नगरपालिकाको न्यायिक समितीले गरेको काम प्रभाबकारी हुदै गएको छ ।कोहलपुर नगरपालिकाको न्यायिक समितीको आयोजनामा २ दिने पुर्नताजकिय तालिम सम्पन्न भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४को दफा ४७ को १लेदिएको अधिकारलाई प्रयोग गरेर न्यायिक समितीले मेलमिलापको माध्यमबाट बिवादहरुलाई निरुपण गर्दै आएका छन ।
कोहलपुर नगरपालिकाको न्यायिक समितीले बिवादका समाधानको लागी प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थानपना गरेको छ । कोहलपुर नगरपालिकाकी उप प्रमुख एबं न्यायिक समिती संयोजक संगिता सुबेदीले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धिको लागी नगरपालिका निरन्तर लागेको बताइन ।

अहिले मेलमिलापकर्ताहरुले अंधिकाश बिवादहरुलाई नदोहोरीने गरि सबैको जीत जीत गरेर वडाबाटै मिलाउनु सफल भएकोमा मेलमिलाप कर्ताहरुको प्रसंसा समेत गरिन ।
प्रशिक्षण कार्याक्रम बाँकेका जिल्ला न्यायाधीश चुरामन खडकाले न्याय सम्पादन प्रक्रिया,तत्काल भइरहेका बिवादका प्रक्रिती मेलमिलापकर्ताले खेलिरहेको भुमिकाको बिषयमा मेलमिलापकर्ताहरुलाई जानकारी दिएका थिए । मेलमिलापकर्ता भनेको न्यायाधिश भएको हुदा निस्पक्ष न्याय सम्पादन गर्नु पर्ने बताए ।

मेलमिलाप सम्बन्धी दुइ दिने पुर्नताजकिय तालिमको प्रशिक्षकको रुपमा कोहलपुर नगरपालिकाका कानुनी सल्लाहकार कर्ण बहादुर बिसी ,अधिबक्ता लोक बहादुर शाहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा काहेलपुर नगरपालिकाकी पुर्व उपप्रमुख एंब लुम्बिनी प्रदेश समानुपातिक सासद सुन्जु कुमारी चौधरीले समाजमा शान्तिी स्थापनाको लागी मिलमिलापकर्ताको महत्वपुर्ण भुमिका रहेको बताइन कार्यक्रममा ६० जान मेलमिलापकर्ताको सहभागीता रहेको थियो ।

Nabintech