कोहलपुर:बाँकेको कोहलपुर नगरपालिका वडा नंंं २ मा महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले महिला उद्यमी सिपमुलक एक महिने मुढा बनाउने तालिमको उद्धघाटन गरिएको छ। जब सम्म महिलाहरुलाई स्वारोजगार बनाउन सकिदैन तब सम्म महिलाहरुलाई नेतृत्वमा ल्याउन सकिदैन भन्ने मुल नाराका साथ महिलाहरुलाई मुढा बुन्ने तालिमको आयोजना गरिएको हो ।
उद्धघाटन कार्यक्रमका प्रमुख अथिती कोहलपुर नगरपालिका वडा न२ का वडा अध्यक्ष हरि कठायतले सिपमुलक तालिमाबाट महिलाहरुको आर्थिक सवलीकरण हुनुका साथै महिलाहरु आर्थिकरुपमा कसैमाथि निरभर हुनु नपर्ने बताए ।
अब कोहलपुर नगरपालिका र वडाहरुले प्लास्टिकबाट बनेका कुर्सीहरु प्रयोग नगरेर बेतबाँसबाट बनेका सामाग्री प्रयोगको लागी समेत सबैले ध्यान दिनु अति आबश्यक भइसकेको हुदा अब यसमा सबैले सोच्नु पर्ने बेला आएको बताए ।
कार्यक्रममा आर्थिक बिकास समिती संयोजक अनिता बिसीले कोहलपुर नगरपालिकाले बिभिन्न खाले सिपमुलक तालिम , ब्यावसयिक तरकारी खेती जस्ता तालिमहरु रुचि राखेर यस्ता तालिमबाट फाइदा लिन र नगरपालिकमा समन्वय गर्ने आग्रह गरिन ।
पछिल्लो समयमा महिलाहरु पनि बिदेश जाने चलन बढेको हुदा केहीहदसम्म यस्ता सिपमुलक तालिमले स्वदेशमा केही गर्नेको लागी टेवा पुग्ने कबिराज फाउन्डेशनका अध्यक्ष मान बहादुर शाहीले बताए । महिला उद्यमी सिपमुलक एक महिने मुढा बनाउने तालिम कोहलपुर नगरपालिका वडा न २को आर्थिक सहयोगमा सन्चालन गरिएको हो । तालिममा २० जना महिलाको सहभागीता रहेको प्रशिक्षक राम चन्द्र बिकले बताए ।