नेपालगञ्ज:लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले सरकारमा दुईजना मन्त्री थप्ने तयारी गरेका हुन् । काँग्रेस र माओवादीबाट मन्त्री नियुक्त हुन लागेका हुन् ।

यसअघि काँग्रेस र माओवादीकै किचलोका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । माओवादीबाट कृष्ण केसी ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री बन्ने पक्का जस्तै भएको बताइएको छ ।

काँग्रेसबाट भने वन तथा वातावरणमन्त्री नियुक्त हुने भएका हुन् । तर, काँग्रेसले मन्त्रीमा कसलाई पठाउने भन्ने भने अहिलेसम्म टुंग्याउन सकेको छैन ।