३० कार्तिक २०८१, शुक्रबार
नमुना विद्या सदनको प्रयोगात्मक अभ्यासमा रक्त परिक्षण

  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार ०९:२४

कोहलपुर,बाँके: बाँकेको कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा कक्षा १० मा अध्यनरत छात्र छात्राहरुलाई प्रयोगात्मक अभ्यासमा सहभागि गराईएको छ । शुक्रवारको अतिरिक्त क्रियाकलपा अन्तरगत बिद्यार्थीहरुलाई रक्त परिक्षण गर्ने तौर तरिका प्रयोगात्मक रुपमै गराईएको बिद्यालयका कार्यकारी निर्देशक शिव डाँगिले कोहलपुर टाईम्सलाई बताए ।

विद्यालयमा अध्यनरत वालवालिकाहरुले आफनो रगत दिंदै रक्त समुह, रगतमा भएको चिनिको मात्रा तथा रगतको अवस्थाबारे परिक्षण गराएका थिए । सुक्ष्म दर्शक यन्त्रको प्रयोग गरि विधि बिज्ञान सहित रक्त परिक्षण गरिएको बिद्यालयका प्रिन्सिपल सुदन गुरुङ बताउछन । उनका अनुसार बिद्यार्थीहरुलाई बिज्ञानका साध्य मात्र घोकाउनुको सट्टा प्रयोगात्मक रुपले शिक्षा दिन सके शिघ्र बुझने र कहिल्यै नर्बिसने भएकाले पनि प्रयोगात्मक अभ्यासहरु प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे ।

विद्यालयले आफनो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जैविक अध्यन, पाक शिक्षा लगाएतका अतिरिक्त शिक्षामा पनि जोड दिंदै आएको छ । कक्षा १२ सम्म अध्यापन गराउने यस विद्यालय कोहलपुर क्षेत्रमै नमुना विद्यालय भएको जानकारहरु बताउछन ।

Nabintech