५ आश्विन २०८१, शनिबार
काेहलपुरमा आज शाेक बिदा

  • टाइम्स संवाददाता

  • १३ पुष २०८०, शुक्रबार १०:३३

काेहलपुर: बाँकेको काेहलपुर नगरपालिकाले आज शुक्रबार शाेक बिदा दिएकाे छ । काेहलपुर नगरपालिका कृषि विकास शाखामा कार्यरत अधिकृत छत्र खत्रीकाे निधनकाे शाेकमा नगरपालिका मातहतका १५ वटै वडामा बिदा दिईएकाे हाे ।

शुक्रबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले एक सूचना जारी गर्दै नगरपालिका र मातहतका वडामा शाेक बिदा दिईएकाे जानकारी दिएका हुन ।

नगरपालिका मातहतका कार्यालयहरुमा बिदा दिइएको भएपनि अन्य शैक्षिक संस्था, गैर सरकारि संस्था बैंक तथा बित्तीय संस्था भने सुचारु हुनेछन ।

Nabintech