कोहलपुर : मध्यवर्ती क्षेत्रभित्र रहेका जनताहरुले दिन प्रतिदिन निकुन्जको झन्झटिलो निति प्रक्रियाले गर्दा मध्यवर्ती क्षेत्र भित्रका जनातहरुको अधिकार कुन्ठित हुदै गएको भन्दै बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रभित्रका जनप्रतिनिधी , राजनैतिक दल,मध्यवर्ती सामुदायिक वनका अगुवा फेगोफनकाका प्रतिनिधीहरु एकजुट हुन थालेका छन ।
कोहलपुर नगरपालिका वडा न १२का वडा अध्यक्ष बीरेन्द्र कुमार शाहको अगुवाइमा दबादमुलक कार्यक्रम सृजना गर्नको लागी आज कोहलपुर नगरपालिका वडा न १२ को कोहलपुर मध्यवर्ती उपभोग्ता समितीको कार्यालयमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी ,वन र बातावरण सग सरोकार राख्ने उपभोग्ताहरु र स्थानीय गरि करिब ७० जना भन्दा बढिको सहभागीता रहेको थियो । पछिल्लो समयमा बाके राष्ट्रिय निकुन्जले चप्परगौडि हुदै खडकवार घुइयाबारी सडकको काममा अबरोध पुराएको भन्दै यो भन्दा अगाडी पनि बाँके राष्ट्रिय निकुन्जसग छलफल भएको भए पनि सकरात्मक नभएको कोहलपुर मध्यवर्ती उपभोग्ता समितीका अध्यक्ष ओम प्रकास वलीले छलफल कार्यक्रममा बताएका थिए ।
मध्यवर्ती क्षेत्र भित्रका जनताहरुको कठिनाइ र समस्या बुझनको लागी स्थलगत अुनगमनको लागी कृषि सहकारी प्राकृतिक श्रोत ससदीय समितीका सभापति आरजु देउवा बाँके क्षेत्र न १का संधिय सासद सुर्य प्रसाद ढकाल , सरस्वती सुब्वा ,बिनिता कठायत,रुपा चौधरी,बल बहादुर बलायर लगायको टोलि बाँकेको चपरगौडि , खडकबार र मध्यवर्ती क्षेत्र भित्रका बिकास निमार्णमा देखिएका समस्याकोबारेमा स्थलगत अनुगमनको लागी यही पौष १८ गते कोहलपुर आउने बताइएको छ ।
बाँके क्षेत्र न १का संधिय सासद सुर्य प्रसाद ढकालको पहलमा ८ करोड रुपैया चपरगौडी धुइयाबारी सडक निमार्णको लागी बिनियोजन भएको छ । निकुुन्जको कारण बाटो बन्ने कठिनाइ भएपछि स्थलगत अनुगमनको लागी संसदीय समिती आउन लागेको संधिय सासद सुर्य प्रसाद ढकालले कोहलपुर टाइम्सलाई बताए ।मधयवर्ती क्षेत्रको कठिना र कानुनमा देखिएका जटिल प्रक्रियाको सशोधनको लागी ससदीय समितीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहको कोहलपुर नगरपाकिला वडा न १२ का वडा अध्यक्ष बीरेन्द्र कुमार शाहले बताए ।