५ आश्विन २०८१, शनिबार
नमुना बिद्या सदनकि देवकोटाको प्रदेशमा पनि सफलता

  • टाइम्स संवाददाता

  • १६ पुष २०८०, सोमबार ०५:४२

कोहलपुर,बाँके:  निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आयोजित प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेर बाँकेकी शोभाना देवकोटा राष्ट्रिय प्रतिस्पर्धामा छनौट हुन सफल भएकी छन् ।

वक्तित्वकला प्रतियोगिता कार्यक्रममा बाँके जिल्ला प्रथम भएर लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताका लागी छनौट भएर बाँके जिल्ला नेशनल प्याब्सनको नेतृत्व गर्दै बाँकेको नमूना विद्या सदन माध्यमिक विद्यालयका शोभाना देवकोटा लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा समेत द्वितीय स्थान हासिल गरेर नेशनल प्याब्सनको आगामी राष्ट्रिय प्रतिस्पर्धाका लागी छनौट भएकी छन् ।

शैक्षिक पठनपाठनमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल नमुना बिद्या सदन स्कुल र त्यहा अध्यनरत यी छात्राले पाएको यो सफलतालाई बिद्यालयले बिशेष रुपमा लिएको छ । राष्ट्रिय प्रतिस्पर्धामा समेत सफल भए बिद्यालयले देवकोटालाई बिषेश सम्मान गर्ने बिद्यालयका कार्यकारी निर्देशक शिव डाँगिले कोहलपुर टाईम्सलाई बताएका छन ।

Nabintech