५ जेष्ठ २०८१, शनिबार
पशुपति शर्मा नेपालगन्ज महोत्सवमा

‘लुट्न सके लुट कान्छा’ गाउंदा दर्शकको भरपुर साथ


  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार १९:४६

 नेपालगन्ज:  चर्चित लोक दोहारी गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गाउंदा दर्शकको भरपुर रमाएका थिए । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा शर्माले आफ्नो चर्चित गीत ‘लुट्न सके लुट’ गाउंदा महोत्सवका दर्शकको भरपुर रमाएका थिए । शर्मा मञ्चमै आउने बितिकै दर्शकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गित गाउंन हुटिङ नै गरेका थिए ।

शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्यूव, सामाजिक संजाल र महोत्सवका मञ्चहरुमा सबैभन्दा बढी दर्शकहरुको डिमाण्ड हुने गरेको छ । गायक शर्माले झन्डै २ घण्टा लामो समय सम्म बिभिन्न गित गाएर दर्शकहरुलाई मनोरन्जन दिनुभएको थियो । गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ संगै चिन्ता छैन केइ मलाइ अमेरिका यही मलाई जापान पनि यही मलाइ बेलायत नि यही, सार∙ र्याई र्याई भयो जीवन तिरिमिरी झाइ, क्यार्न माया मारीछौ सानीले क्यार्न माया मारीछौ, स्याङ्जा जाने बाटैमा तलाउ बिर्सी जाने मायालाइ के भनउ, सुति सुति खान खोज्यो सुत्नै पनि गारहा, डालिमा चील बस्यो लगायतका एक दर्जन बढि चर्चित चर्चित गीत गाएर दर्शकलाई मनोरन्जन दिनुभएको थियो ।

महोत्सबमा चर्चित चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । महोत्सबमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, थारु गाउमा विभिन्न थारु परिकारका स्वाद लिन सकिने लगायतका विभिन्न खाले मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदशनीहरु रहेको संयोजक बुढाले जानकारी गराउनुभयो । यस्तै भोली (बिहीवार) चर्चित गायक भुवन खड्का, डिजे पाचि भो, र्यापर अफिम लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ ।

Nabintech