९ पुष २०८१, मंगलवार
शनिबार घाम लाग्ने, आइतबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

  • टाइम्स संवाददाता

  • १८ माघ २०८०, बिहीबार १९:४६

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।

पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ । काठमाडौंमा भोलि बिहान पानी नपर्ने तर बादल भने लाग्ने पूर्वानुमान उनले गरे ।  उनले यो वर्षासँगै काठमाडौं आसपासका अग्ला डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहेको पनि बताए । तर त्यसको प्रकृति कस्तो हुन्छ अहिले नै भन्न नसक्ने उनले बताए । बादल कति जम्मा हुन्छ त्यसको आधारमा मात्र हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने मौसमविदहरु बताउँछन्

Nabintech