११ पुष २०८१, बिहीबार
डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०८०, बुधबार ०८:०७

काठमाण्डौ  : इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो । केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो ।

डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना तथा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए ।

 

Nabintech