८ मंसिर २०८१, शनिबार
भोलि लुम्बिनी प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत पाउलान्

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०८०, बुधबार ०८:१५

कोहलपुर  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मत लिने निर्णय भएको छ।

मङ्गलवार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी गराउनु भएको छ। चैत्र २२ गते बिहीबार दिउँसो ४ बजे सदन बोलाउने कुरा छ। त्यही बैठकमा विश्वासको मत लिने मुख्यमन्त्रीज्यूको योजना रहेको लुम्बिनी प्रदेश सरकारका ‘ गृहमन्त्री पाण्डेले जानकारी दिनुभएको छ।

२०८० वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको थियो। त्यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा नेकपा ।एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएको थियो।

Nabintech