९ पुष २०८१, मंगलवार
तीन दिन पानी पर्ने सम्भावना छैन

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०८१, बुधबार ०८:२३

  कोहलपुर  : देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको छ । वैशाख लागेयता देशका एक हजार भन्दा धेरै ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । १३ सय भन्दा धेरै परिवार प्रभावित भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ ।

आगलागीजन्य घटना रोकथामको पूर्व तयारीमा कमजोरी तथा चेतनाको कमीका कारण जोखिम थप बढेको छ । अहिले भएका सीमित पूर्वाधारले मात्रै क्षति घटाउन सक्ने अवस्था नरहेको विज्ञको भनाई छ । वनमा लागेको डढेलो निभाउन पानी नै पर्नुपर्ने अवस्था छ । तर लामो समयदेखि पानी पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार डढेलो निभाउने गरी अबको तीन दिन पानी पर्ने सम्भावना छैन । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

Nabintech