८ पुष २०८१, सोमबार
कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • ३० बैशाख २०८१, आईतवार १७:०१

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो ।

राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो

झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका र स्वास्थ्यकर्मीको टोलीले गाउँमा गएर उपचार गरेसँगै नियन्त्रणमा आएको स्वाास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।

 

Nabintech