काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ । बैठक संसद् अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले सांसदबाट विधेयकहरू पारित हुन नसकिरहेकाे बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो ।