८ पुष २०८१, सोमबार
डेङ्गीको जोखिम बढ्यो, ६१ जिल्लामा सङ्क्रमण फैलियो

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८१, मंगलवार १५:०३

कोहलपुर  : डेङ्गी रोगको सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण थप बढ्न थालेको हो । पछिल्लो ६ महिनामा ६१ वटा जिल्लाका ९ सय जनाभन्दा धेरै मानिसमा डेङ्गी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

शाखा प्रमुख दाहालले पछिल्लो समय हप्ताको ४० जनासम्मलाई डेङ्गी सङ्क्रमण देखिन थालेको बताउनुभयो । उहाँले डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, घरभित्र वा बाहिर काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गर्नुभएको छ

Nabintech