८ पुष २०८१, सोमबार
सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

  • टाइम्स संवाददाता

  • १५ जेष्ठ २०८१, मंगलवार १६:५४

काठमाण्डाै  : सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराउनुभएको हो ।  सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो ।

Nabintech