काठमान्डौ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल, कमला–कञ्चनपुर सडकलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्षमा सकिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।अर्थमन्त्री पुनले मंगलबार संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷८२ सालको बजेट प्रस्तुत गर्दै काँकडभिट्टा–लौकी, ढल्केबर–पथलैया, पथलैया–नारायणगढ, बुटवल–गोरुसिंगे, भालुवाङ–लमही खण्डको आगामी आर्थिक वर्षमा स्तरोन्नती कार्य सुरु गरिने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको उनले बताए