कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका नव निर्बाचित अध्यक्ष खुमा अर्याल र सामाजिक सरोकार मन्च कोहलपुर बिच अन्तर्क्रीयात्मक छ्लफल कार्यक्रम सम्पन्न भएको छ।
सरोकार मंचका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटल सुधार, सेवा प्रवाह र गुणस्तरीय हस्पिटालिटिका लागि सरोकार सबै पक्ष प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जाहेर भएको छ।
छ्लफल कार्यक्रममा मेडिकल कलेजका डाइरेक्टर डा. सुरेस कनोडिया, समाजसेवी शेषकान्त शर्मा, सि एम उपाध्यय,जगत जङ बुढाथोकी लगायतको सहभागिता रहेको थियो।
मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले हस्पिटलको सेवा सुबिधालाई सहज, सर्वसुलभ र गुणस्तरिय चिकित्सा सेवा दियर देशकै नमुना अस्पताल बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
सरोकार मन्छ कोहलपुरको तर्फ बाट हस्पिटल सुधार र गुणस्तरीय सेवाका लागि २८ बुदे ध्यानाकर्षण गराइएको मन्चका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो।