कोहलपुर : स्वच्छ पानी पिऔँ जिवन बचाऔँ भन्ने मुलनाराका साथ अवकास प्राप्त नेपानली सेनाका देविदत्त गणका भूपु सैनिकहरुले मंगलबार बिहान देखि कोहलपुरको एनटिभी चोकमा निशुल्क पानी खुवाँएका छन । झण्डै सोह्र बर्ष अहोरात्र देशको सेवामा खटिएका सैनिकहरुले अवकास पछि पनि समाज सेवामा लागेको देख्दा आफुहरु उत्साहित भएको व्यवसायी राकेश विष्टले बताउनु भयो । जिवनका उर्जावान समय देशका लागि सुम्पिएका सैनिकहरु अवकास पछि पनि यसरी सामाजिक कार्यमा संलग्न हुनु भनेको उदाहरणिय रहेको समेत उहाँले बताउनु भयो ।
देविदत्त गणबाट अवकास प्राप्त सैनिकहरु एक भई जसरी सामाजिक कार्यमा लागेका छन यसले राजनिति गर्ने ब्यक्तिलाई पनि अफ्नो लागि नभई जनताका लागि पनि उत्तरदायि हनु पर्ने गतिलो पाठ हुन सिकाएका छन । देबि परिवार बाँके बदिैयाका अध्यक्ष सेनानी सुरेश कुमार पौडेलले आफुहरु एउटै गणका साथीभाईहरु को सामूहिक छलफल पछि यस्तो गर्मीमा सडकमा हिड्ने बटुवा र काम बिशेषले हिड्ने ब्यक्तिका लागि सहजता होस भन्नका लागि यसरी शुद्ध खानेपानीको व्यवस्था गरेको बताउनु भयो ।
देविदत्त गणबाट अबकास प्राप्त भएका र उपलब्ध साथीभाइहरुको सल्लाहमा निशुल्क पानी खुवाउने अभियान संचालन गरेको सेनानी पौडेलले बताउनु भयो । यसरी नेपाली सेनामा कार्यरत हुन वा अबकास प्राप्त सैनिक सधैभर नेपाली जनता र नेपालको हितका लागि अग्रणी स्थानमा रहेको उृहाँले बताउनु भयो ।
देवी परिवारले कोहलपुर एनटीभि चोक मा संगलबार आयोजना गरेको निशुल्क पिउने पानीको व्यवस्थाका कारण पैदल यात्री र कामकाजीमा सो बाटो प्रयोगकर्ताका लागि सहजता भएको पौडेलले बताउनु भयो ।