८ पुष २०८१, सोमबार
बाँकेमा धुमधामका साथ मनाइयो बकर इद

  • टाइम्स संवाददाता

  • ४ असार २०८१, सोमबार १३:२१

नेपालगन्ज :  इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।

सोमबार बिहान स्थानीय इदगाहमा बकर इदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा र राँँगा जस्ता जनावर हलाल गरेर कुरबानी गरी तेस्रो दिन समापन गरिने परम्परा छ ।

इस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको अन्य पर्वहरु भन्दा विशेष महत्त्व छ ।

Nabintech