२ कार्तिक २०८१, शुक्रबार
कोहलपुर उद्योग बाणिज्य सघमा तालाबन्दी

  • टाइम्स संवाददाता

  • २ श्रावण २०८१, बुधबार १६:२५

कोहलपुर
नेपाल उद्योग तथा ब्यवसायि महासंघ कोहलपुर नगरकमिटीको अगुवाइमा कोहलपुर उद्योग बाणिज्य संघले बिद्यान बिपरित निर्वाचन लक्ष्ति फर्म नबिकरण मा धाधलि गरेको भन्दै कोहलपुर उद्योग बायिाज्य संघ कोहलपुरको कार्यालयमा अनिश्चित कालिन ताला बन्दी गरिएको छ ।


नेपाल उद्योग तथा ब्यवसायि महासंघ कोहलपुर नगरकमिटी अध्यक्ष ज्ञानेन्द्र खनालले निर्वाचन लक्ष्ति गरेर कृते नबिकरण गरेको पाइएकोले यस्ता क्रियाकलापले ब्यापारीको हक हित भन्दा पनि निर्वाचन कसरी जित्ने भन्ने तर्फ ध्यान केन्द्रित भएकोले यस्ता गैरकानुनी कार्यको धोर निन्ता गर्दछौ भनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


कोहलपुर उद्योग बायिाज्य संघ पछिल्लो समय नक्कली ब्यवसायि खडा गर्दै फर्म नबिकरण गर्ने गरेको ब्यवसायिहरुले बताएका छन । भरपर्दो छानबिन समिती गठन गर्नु पर्ने माग समेत नेपाल उद्योग तथा ब्यवसायि महासंघ कोहलपुर नगरकमिटीले माग गरेको छ।
आगामी कार्तिक ३ गते कोहलपुर उद्योग बायिाज्य संघको निर्बाचन मिती तय भएको छ । तर २०८१ जेठ ६ गते प्रकाशित सुचना बिपरीत नबिकरणको काम गर्दै आएको छ ।

 

Nabintech