कोहलपुर / हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । यसै बिच ‘पापि बारुलो’ बोलको तिज गिति सार्वजनिक भएको छ ।
नजिकिँदै गरेको हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा रितु सिंहको शब्द तथा स्वर रहेको छ भने संगित बलु तामाङ्गले दिएका छन । प्रकाश कंडेलको निर्देशन रहेको भिडियोमा रितु सिंह र प्रकाश कडेलले अभिनय गरेका छन् । आज शनिवार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै लेखक तथा गायकीका रितु सिंह तथा संगितकार बलु तामाङ्गले उक्त तिज गित ‘पापि बारुलो’ बारे जानकारी गराएका हुन । ‘पापि बारुलो’ गित सहित गायीका रितु सिंहले ४ वटा गितमा आफ्नो शब्द तथा आवज दिएकी छन ।
सिंह बाँके जिल्लाकी हुन । उनी नेपालगञ्ज वडा नं. ६ मा बसोबास गर्दै आइरहेकी छन ।
पत्रकार सम्मेलनमा बोल्दै गायकीका तथा लेखक सिंहले तिजको मौलिकता माथी प्रश्न उठ्ने खालको ‘पापि बारुलो’ गित नरहेको दावि गरेकी छन । उनले आफ्नो नेपाली मौलिकतालाई जोगाईराखेको समेत बताइन । बाँके स्थित नेपालगञ्जमा बागेश्वरी एफ।एम मा अवधि कार्यक्रम चलाउने रितु सिंह हाल आएर गायनका क्षेत्रमा सक्रिय हुन थालेकि छन् । उनीसंग नेपाल टेलिभिजनको अवधि टेली सृखंलामा समेत अभिनय गरेको अनुभव रहेको छ । सिंहसंग गैर सरकारी संस्थामा आवद्ध रहेर शिक्षाका क्षेत्रमा समेत काम गरेको अनुभव रहेको छ । सिंह जिल्लाको एक शशक्त महिला नेतृ समेत हुन । स्थानीय स्तरमा गायन क्षेत्रको विस्तारले स्थानीय स्तरमा खुलेका रेकडिङ्ग स्टुडियोको व्यवसाय समेत राम्रो हुने गरेको छ ।
तानसेन रेकडिङ्ग स्टूडियोले तयार पारेको ‘पापि बारुलो’ गित सगरमाथा इन्टरटेन्मेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको छ ।