सुरक्षित यात्रा नेपालको आयोजना बुटवल उपमहानगरपालिका तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलको सहकार्यमा शुक्रबार एक दिवसिय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। बुटवल स्थित स्कलरहोम बोडिङ स्कुलको समन्वयमा बुटवलमा ४ सय जना बिधार्थीहरूको सहभागीतामा ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम समपन्न भएको हो। सचेतना कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले प्रमुख अतिथिको रूपमा बोल्दै सडक दुर्घटना न्यूनीकरणमा सबैले मिलेर हातेमालो गर्दै अगाडि बढनुपर्नेमा जोड दिए। बुटवल उपमहानगरपालिका हरेक कोणबाट सहयोग गर्न तैयार रहेको औल्याउदै यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, उधोग बाणिज्य संघ बुटवलका महासचिव मुक्ति अधिकारी, प्रहरी नायव उपरीक्षक होमबहादुर थापा, प्रहरी निरीक्षक शोभा पाण्डे ,स्कलरहोम बोडिङ स्कुलका सहप्राचार्य टीकाराम गौतम , सुरक्षित यात्रा नेपालका कार्यक्रम संयोजक तथा एम्सकलेज बुटवलका प्रमुख दिपक ढकाल ,सल्लाहकार महेन्द्र पाण्डे ,उपाध्यक्ष प्रकाश गैरे, सल्लाहकार लोकराज पोख्रेल लगायतले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्ने बिषयमा सबै पक्षले सहकार्य गर्दै अगाडि बढनु पर्नेमा जोड दिएका थिए। सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासेको अध्यक्षता र महासचिव प्रकाश कुमार नेपालको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।