बाँके राष्ट्रिय निकुन्जमा बाघको सख्या बढे सगै समुदायस्तरमा सचेतनामुलक कार्यक्रम सन्चालन हुन थालेको छ । मानव वन्यजन्तु सहअस्त्तित्व कायम गर्दे मानिसहरुले ब्यवहार परिर्बतन गरेयो भने वन्यजन्तुको जोखिमबाट बच्च सकिने सिवीएयुपीका उमा वलीले बताईन ।कोहलपुर मध्यवर्ती उपभोगता समितीका अध्यक्ष ओम प्रकाश वलीले मध्यवर्ती क्षेत्रभित्रका मानिसहरुले वन्यजन्तु संगै उनीहरुको आनीवानीलाई बुझनु अति आवश्यक भएको संरक्षण चौतारी कार्यक्रममा वताएका थिए ।
संन्चार मध्यमबाट आम नागरिहरुलाई वन्यजन्तुबाट कसरी सुरक्षित रहने र के कस्ता साबधानी अपनाउनु पर्दछ भन्ने चेतनामुलक सन्देशका साथै सन्देशमुलक सवालमा केन्द्रित रहेर दुइ दशक देखि पत्रकारीता क्षेत्रमा कृयाशील रहेका सन्चारउद्यमी एबं सन्चारकर्मी युथ मिडिया हबका सन्चार बिज्ञ बिष्णु प्रसाद बेल्बासेले संरक्षणलाई पर्यापर्यटन सगै जोडदै मानव वन्यजन्तुको सहअस्तित्वको लागी संचारकर्मीहरुले कलम चलाउनु पर्ने बताएका थिए ।
संरक्षण चौतारी कार्यक्रममा निकुन्ज क्षेत्र भित्रका नागरिहरु वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने र समुदायस्तरमा सुचना प्रवाहको लागी संचारमाध्यको भुमिका प्रभावकारी हुने भएकोले यो कार्यक्रम समुदायको चौतारीमा बसेर सरोकारवाला वीच सम्बाद गरिएको युथ मिडिया हबका निर्दैशक हुमहरी भट्टराईले बताएका थिए ।कार्यक्रममा वाल शिक्षा माध्यमिक बिद्यालयका शिक्षक लिलाराज वलीले यस्तो खाले सन्देशमुलक कार्यक्रम बिद्यालयका शिक्षक ,बिद्यार्थी र सरोकारवाला वीच गरिएकोमा यो वन्यजन्तुको जोखिमबाट कसरी बच्चे त्यसमा पनि बिशेष गरि बाघको आक्रमणबाट जोगिने उपायको बारेमा छलफल भएको हुदा यसको प्रभाबकारीता भएको बताएका थिए ।
कार्यक्रममा जेडएसएलबाट प्रतिनिधत्व गर्नु भएका मनिस घिमिरेले पछिललो समय जैविक विविधता संरक्षण सगै मानव वन्यजन्तुको सहअस्त्तित्वको लागी समुदाय सक्रिय हुदै आएको बताएका थिए ।
कोहलपुर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले अब समुदायस्तरमा मानव र वन्यजन्तु वीच द्धन्द्ध न्युनिकरणको लागी वडा कार्यालयले पनि सचेतनामुलक अभियान चलाउने बताएका थिए । कार्यक्रममा नेचर गाइड एसोसिएसनका अध्यक्ष भिम वहादुर डाँगीले पहिले र अहिलेमा बाघको जोखिमबाट समुदायका मानिसहरु कसरी सुरक्षित रहने भन्ने बिषयमा सचेत हुदै आएको बताएका थिए ।कार्यक्रममा लाल वहादुर राना , वाल शिक्षा माध्यमिक बिद्यालयका प्रअ तर्क बहादुर खत्रीले बाघ संरक्षणले पर्यापर्यटनमा समेत टेवा पुग्ने बताएका थिए । कार्यकममा वन तथा वातावरण सग सरोकार राख्ने २५ जनाको राउन्ड टेवल छलफल कार्यक्रमा सहभागीता रहेको थियो ।