३ आश्विन २०८१, बिहीबार
चपरगौडीमा बृक्षारोपण स्थानीय खुसी

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०८१, शनिबार ११:५९

चपरगौडी, बाके  : कोहलपुर नगरपालिका वडा न १२को चपरगौडी बजार क्षेत्रमा बृक्षा रोपण गरिएको छ । बिषेश गरेर चपरगौडी बजारको महेन्द्र राजमार्गको उतर र दक्षिण क्षेत्रमा बृक्षारोपण गरिएको हो ।
कोहलपुर नगरपालिका वडा न१२ चपरगौडी बजार अटो ब्यवसाय सन्चालन भएको स्थान समेत हो गाडी मर्मत देखि लिएर वडी कारखाना समेत चपरपौडीमा रहेको छ । यस क्षेत्रमा बृक्षा रोपण गर्न अति आबश्यक भएको हुदा बृक्षा रोपण अभियान शुरु गरिएको कोहलपुर नगरपालिका वडा न१२ का वडा अध्यक्ष बिेरेन्द्र कुमार शाहले बताए।

बृक्षारोपण कार्य ज्ञानोदय पुस्तकालयको अगुवाइमा चपरगौडीमा रहेका टोल बिकास सस्था होटल ब्यवसायि लगायतको सक्रियतामा करिब १०० वटा बिभिन्न जातका बिरुवा रो्पिएको ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले कोहलपुर टाइम्सलाई बताए ।
चपरगौडीको बजार क्षेत्रमा रोपिएका बिभिन्न जातका बिरुवाहरुलाई स्थनीयबासीहरुले संरक्षण समेत गर्ने प्रतिबद्धता समेत जनाएको कोलपुर १२ का वडा सदस्य शमर थापाले बताए ।
चपरगौडीलाई हरियाली बनाउने अभियानमा यो कोसोढुगा सबित हुने एकनारायण चपागाइले प्रतिक्रिया दिए ।

 

 

Nabintech