६ कार्तिक २०८१, मंगलवार
बाँकेमा बजार अनुगमन तिव्र पारिदैँ

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०८१, मंगलवार २०:५९

चडापर्व नजिकिएसंगै बाँके जिल्लामा रहेका सरोकारवाला निकायहरुले बजार अनुगमनलाई तिव्रता दिएका छन । आज मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त बजार अनुगमन गरेको थियो । कोहलपुर क्षेत्रमा रहेका ठुला उद्योगहरु र अन्य पालिकामा रहेको उद्योगहरुको अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जानकी गाउँपालिकामा रहेको बिनोद किराना पसलमा जाँदा पसलमा म्याद गुज्रिएको सामाग्री बेचेको भन्दै दश हजार जरीवाना गरेको छ भने वन्र्डल्यान्ड पार्कमा भान्सामा सरसफाइ नभएको भन्दै बीसहजार जरिवाना गरेको अनुगमनकी सदस्य प्रतिक्षा पण्डितले बताउनु भयो । यस्तै कोहलपुर नगरपालिका वडा नं. ७ मा रहेको डल्फिन फुड प्रोडक्सनमा अनुगमन गर्दा सोयाबिन प्याकिंगमा उत्पादन मिति र मूल्य नराखीएको पाइएको हुदाँ उक्त उद्योगलाई पचाँस हजार जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीले बताउनु भयो ।अनुगमन टोलिले डल्फिन फुड प्रोेड्रक्सनमा उत्पादन मिति नभएको, मुल्य सूची नभएको र अन्य कुनै पनि लेबल नभएको प्रोड्रक्ट्रहरु भेटाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिम कसुर गरेको भएकोले ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोृजिम उनलाई ५० हजार कारवाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिनुभयो ।


यस्तै केएल डुंगढमा ग्रुपमा र हुलास खाद्य उद्योगमा पनि अनुगमन गरिएको थियो । उक्त उद्योगहरुमा कुनै पनि कैफियत नभेटिएको कोहलपुर नगरपालिकाका अनुगमन समितिका संयोजक अग्नि आचार्यले बताउनु भयो । अनुगमनका क्रममा उद्योगी व्यवसायीहरुले यस्तो अनुगमन चाडबाड लक्षित नभई सधै हुनु पर्नेमा जोड दिएका थिए । यसरी चाडबाड लक्षित अनुमगनले उपभोक्ताहरुलाई नकारत्मक असर गर्ने भएको हुदा यस्ता अनुगमनलाई सधै गर्नु पर्नेमा जोड दिएका थिए ।बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी, प्राबिधिक, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सहितको टोली, कोहलपुर नगरपालिकाका अनुगमन समितिका संयोजक अग्नी आचार्य, कोहलपुर नगर प्रहरी र पत्रकारहरुको उपस्थिती रहेका थियो ।

Nabintech