६ कार्तिक २०८१, मंगलवार
इलाका प्रहरी कार्यालय कोहलपुर देशभरमा उत्कृष्ट

डिएसपी घर्मराज भण्डारी सर्वोत्कृष्ट कार्यालय प्रमुखका रुपमा घोषित


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०८१, मंगलवार १८:१६

कोहलपुर/  इलाका प्रहरी कार्यालय कोहलपुर देशभरका इलाका प्रहरी कार्यालयहरु मध्ये उत्कृष्ट भएको छ । कार्यालय प्रमुखका रुपमा कार्यरत डीएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालहरुका प्रमुख भन्दा सर्वोत्कृष्ट कार्यालय प्रमुख घोषित भएका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा भएको एक विशेष कार्यक्रममा भण्डारीलाई पुरस्कृत संगै प्रशंसा पत्रले सम्मान गरिएको छ । भण्डारीलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले सम्मान गरेका हुन् । मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्य विवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ’, यी सबै विषयमा डीएसपी भण्डारी सर्वोकृष्ट घोषित भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक राज कुमार भट्टले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो । विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको कारणले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Nabintech