९ पुष २०८१, मंगलवार
डडेल्धुरा बस दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०८१, बुधबार ०६:५९

कैलाली –  डडेल्धुरामा बस दुर्घटनामा मृतकहरूको पहिचान खुलेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटनामा परि घाइते भएका ४ जनाकै पहिचान खुलेको हो।
महेन्द्रनगरदेखि बैतडी जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए। उनका अनुसार पुर्चौडी नगरपालिका–३ का २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका नाबालक छोरा र पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको छ। बस दुर्घटनामा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन्।
यसै गरी, पुर्चौडी नगरपालिकाकै वडा नं.१० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech