५ कार्तिक २०८१, सोमबार
कोहलपुर उद्योग बाणिज्य संघको मतदान आज

  • पदलाई प्राथमिकता भन्दा कामलाई प्राथमिकता राख्ने नेतृत्व चुन्न आवश्यक छ ।

  • ३ कार्तिक २०८१, शनिबार ०६:३९

कोहलपुर उद्योग बाणिज्य संघको मतदान आज  हुदै । कोहलपुर उद्योग बाणिज्य संघको मतदान कोहलपुर उद्योग बाणिजय संघको भबनमा  हुदैँछ । मतदान गर्नका लागि सबै प्रक्रिया पूरा भइसकेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलले बताए । उद्योग बाणिज्य संघको नेतृत्वमा जानका लागि कोहलपुरका व्यवसायीहरु दुई समूह निर्माण गरि चुनावी मैदानमा होमिएका थिए । प्रगतिशील व्यवसायीक प्यानलले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप–महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्। यस्तै सदस्यहरूमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के।सी।, प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन्।
यस्तै लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् । लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् । यस्तै  उम्मेदवारहरु सबै क्षमतावान र कोहलपुरका समस्यामा जानकार भएता पनि कोहलपुरका व्यपारीले संघको नेतृत्व गर्न कस्लाई पाठाउछन त्यो नतिजाले देखाउने छ । यति चाही भन्न सकिन्छ संघमा गएर नेतृत्व लिने मात्र नभई काम गर्न सक्ने र व्यवसायकि समस्यामा केन्द्रित रहने नेतृत्व चयन गर्ने छन ।

Nabintech